आरक्ष पीडितहरुको समस्या समाधानका लागि नेपाली काग्रेसले पहल गर्छ : काग्रेस नेता साउद

नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले कञ्चनपुरका आरक्ष पीडितहरुको समस्या समाधानका लागि नेपाली काग्रेसले पहल गर्ने बताउनु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य साउदले तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारको क्रममा विस्थापित भएका आरक्ष पीडितहरुको समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको हो ।

 साथै उहाले आरक्ष पीडितहरुको समस्या अहिलेको नभई करीब दुई दशक पहिलेदेखिको भएकाले आरक्ष पीडितहरुको समस्या समाधान गर्नका लागि आफुले पहल गर्ने बताउनु भयो । बिहीवार आरक्ष पीडित जिल्ला सघर्ष समिति कञ्चनपुरका अध्यक्ष रति सुनारको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विश्व हिन्दु महासंघका सुदुरपश्चिम प्रदेश प्रमुख सम्राट सिह, नेपाली काग्रेसका युवा नेता शिरोमणि ओझा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Comments are closed.