महिला सहकारी संस्थाद्धारा कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम सुरु

गहुको पकेट क्षेत्र बनाइने

कञ्चनपुरमा रहेको एक महिला सहकारी संस्थाले कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम सुरु गरेको छ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ मा रहेको बैजनाथ महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले गहुको बीउका लागि अरुमा भरपर्नुपर्ने अवस्थाको अन्त्य गर्दै गहुको बीउ उत्पादनका लागि विशेष कार्यक्रम ल्याएको हो । गुणस्तरीय र राम्रो खाले गहुको बीउको अभावमा रहदै आएका किसानहरुलाई गहुको बीउ प्रदान गर्दै गहुको पकेट क्षेत्र नै बनाउने उद्येश्यका साथ बैजनाथ महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले विशेष कार्यक्रम सञ्चालनमा ल्याएको बैजनाथ महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तथा समाजसेवी तुलसी जोशीले जानकारी दिनु भयो ।

 सो कार्यक्रम अन्र्तगत सुरुवाती चरणमा बैजनाथ महिला बहुदेश्य सहकारी संस्था लिमिटेडका ९ जना सदस्यहरुलाई गहुको बीउ उत्पादनका लागि मुल बीउ वितरण गरीएको र उहाहरुले उत्पादन गरेको बीउ बैजनाथ महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले खरीद गरी पुन ः आफ्ना सदस्यहरुलाई वितरण गर्ने योजना समेत बनाएको बैजनाथ महिला बहुदेश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष एवम् समाजसेवी तुलसी जोशीले बताउनु भयो । साथै कृषि ज्ञान केन्द्र कञ्चनपुरको ५० प्रतिशत अनुदानमा प्राप्त भएको गहुको मुल बीउ अहिले सहकारीका ९ जना सदस्यहरुलाई दिइएको र उहाहरुले उत्पादन गरेको बीउ सहकारीलाई नै बिक्री गर्ने र उक्त गहुको बीउ त्यसपश्चात अन्य सहकारीका सदस्यहरुलाई वितरण गरीने साथै उत्पादनमा वृद्धि गर्दै सहकारीका सदस्य बाहेकका किसानहरुलाई पनि बिक्री गर्ने आफुहरुको योजना रहेको बैजनाथ महिला बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तुलसी जोशीले जानकारी दिनु भयो ।

 यसरी कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ लाई गहुको पकेट क्षेत्र बनाउने आफुहरुको योजना रहेको बताउदै उहाले आफुहरुले आगामी दिनमा प्रदेशस्तरसम्म आफ्ना यस्ता कार्यक्रमलाई अगाडि बढाउदै सहकारीले सेवा प्रदान गर्ने योजना समेत बनाएको बताउनु भयो । गहु उत्पादन गर्नका लागि चासो दिइ रहेका बैजनाथ महिला बहुदेश्यीय सहकारी संस्था लिमिटेडका सदस्य समेत रहेका किसानहरुले आफुहरुलाई मल तथा प्राविधिक सहयोगको भने आवश्यकता रहेको बताएका छन् । उहाहरुले सरकार तथा सरोकारवालाहरुले प्राविधिक सहयोग गर्ने र मलको व्यवस्थापन गरीदिने हो भने आफुहरु मनग्य रुपमा गहु उत्पादन गर्न तयार रहेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.