आरक्ष पिडित र मुक्त कमलरीद्धारा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ

 कञ्चनपुरका शुक्लाफाँटा आरक्ष पिडित र मुक्त कमलरीहरुले मंगलवार जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ गरेका छन् । शुक्लाफाटा आरक्ष पिडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष कर्ण बहादुर चन्द र मुक्त कमलरी विकास मञ्च कञ्चनपुरकी अध्यक्ष सिता चौधरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा पुगेको आरक्ष पिडित र मुक्त कमलरीहरुको समुहले जिल्ला प्रशासन कार्यालय घेराउ गरेको हो ।

 पुर्नस्थापना गर्नमा नेपाल सरकारले उदासिनता देखाएपछि शुक्लाफाटा आरक्ष पिडित र मुक्त कमलरीहरु फेरी चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका छन् । आरक्ष पिडितहरुको दिगो रुपमा पुर्नस्थापना गर्नु पर्ने, बम आयोगको प्रतिबेदन कार्यान्वयन गर्नु पर्ने र लगतको नया निबेदन छानबिन गरी वास्तवीक आरक्ष पिडितलाई परिचय पत्र उपलब्ध गराउनु पर्ने लगायतका विभिन्न माग राखी पिडितहरुले आन्दोलन थालेका हुन् ।

  यस्तै स्थानीय तहको सरकारले मुक्त कमलरीहरुको लागि बजेट नछुट्याउने र छुट्याएको बजेट पनि कटौती गर्ने गरेको मुक्त कमलरी विकास मञ्चकी अध्यक्ष सिता चौधरीले बताउनु भयो ।  उक्त जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ कार्यक्रममा तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका आर पीडित, मुक्त कमलरीहरु, आरक्ष पीडितहरुको समस्या समाधानका लागि विभिन्न क्षेत्रबाट पहल गर्दै आउनु भएका नेपाली काग्रेसका युवा नेता शिरोमणि ओझा लगायतका सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.