महिलाहरुलाई आत्मनिर्भर हुने खालका कार्यक्रमका लागि पहल गर्ने विश्व हिन्दु महासंघका वरिष्ठ उपाध्यक्ष साउदको भनाई

 कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्थाका सदस्यहरुले आत्मनिर्भर हुने खालका कार्यक्रमहरु आवश्यक रहेको बताएका छन् । मंगलवार शेयर सदस्य प्रमाण पत्र वितरण कार्यक्रममा बोल्दै उक्त बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्थाका सदस्यहरुले सो कुरा बताएका हुन् । उहाहरुले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि सहकारीले अन्य सरोकारवालाहरुसंग समेत समन्वय गरी आत्म निर्भर हुने खालका कार्यक्रमहरु बढि भन्दा बढि ल्याउनु पर्ने बताएका छन् ।

  साथै उहाहरुले गहुको बीउको पकेट क्षेत्र बनाउनका लागि कृषि ज्ञान केन्द्रको सहयोगमा गहुको बीउ पाइएको भएपनि मलको आपुर्ति हुन नसक्दा समस्या भएको समेत गुनासो गरेका थिए । १ सय ४० जना शेयर सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको उक्त कार्यक्रमका सभापति कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्थाका अध्यक्ष तुलसी जोशी रहनु भएको थियो भने प्रमुख अतिथि हिन्दु महासंघका उपाध्यक्ष एवम् रुडुक नेपालका केन्द्रिय महासचिव ज्योत्सना साउद रहनु भएको थियो । साथै विशिष्ट अतिथिमा नेपाल महिला संघका केन्द्रिय सदस्य रमिता देउवा र सामाजिक अभियन्ता चन्द्रा ओझा रहनु भएको थियो । उक्त कार्यक्रममा बोल्दै हिन्दु महासंघका उपाध्यक्ष एवम् रुडुक नेपालका केन्द्रिय महासचिव ज्योत्सना साउदले आफुले सहकारीका सदस्यहरुको सीप विकासका लागि र सदस्यहरुबाट उत्पादन हुने वस्तुको बजार विस्तारका लागि पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

  साथै उहाले आगामी दिनमा आफुले कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्थाका सदस्यहरुलाई आत्मनिर्भर बनाउनका लागि सक्दो सहयोग गर्ने बताउनु भयो ।

 

उक्त कार्यक्रमको सञ्चालकमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्थाका उपाध्यक्ष मञ्जु सिंह रहनु भएको थियो । उक्त कार्यक्रममा सहकारी संस्थाका कोषाध्यक्ष सरस्वती चपाईले सहकारीको कोषको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो भने स्वागत मन्तव्य सहकारी संस्थाका लेखापाल पुजा भट्टले राख्नु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.