भारतीय नम्बरको जीपले ठक्कर दिँदा कृष्णपुरमा एक जनाको मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ मा  भारतीय  नम्बर  भएको  जीपले  ठक्कर दिँदा  एक  जनाको ज्यान गएको छ । पुर्वपश्चिम  राजमार्ग  अन्तर्गत   कृष्णपुर नगरपालिका वडा नम्बर २  बंकमा  DL1ZC 4754 नम्बरको भारतीय  जीपले  ठक्कर दिँदा  गम्भीर घाइते भएका स्थानीय ६५  बर्षीय तारा नाथको घटनास्थलमै ज्यान  गएको  हो ।

आइतबार बिहान करिब ६ बजेको समयमा,  बाणी देखी  झलारी तर्फ आइरहेको उक्त जीपले  स्थानीय  नाथलाई  ठक्कर  दिँदा उक्त  दुर्घटना भएको  प्रत्यक्षदर्शीहरुले बताएका छन्  ।   दुर्घटना भएको उक्त  स्थानमा स्थानीयहरुले बिहानै  देखी पुर्व पश्चिम राजमार्ग अवरुद्ध समेत  गरेका छन ्  ।  यसैगरी उक्त जीप र  चालकलाई भने इलाका  प्रहरी कार्यालय  झलारीले  नियन्त्रणमा  लिइसकेको    इलाका प्रहरी कार्यालय झलारीका  प्रहरी निरीक्षक कर्ण बोहराले  जानकारी दिनुभयो  ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.