दृष्टिविहिन र आंशिक दृष्टि भएका व्यक्तिहरुका लागि अभिमुुखिकरण र गमनशिलता सम्वन्धी तालिम सम्पन्न

 कञ्चनपुरको महेन्द्रनगरमा दृष्टिविहिन र आंशिक दृष्टि भएका व्यक्तिहरुका लागि अभिमुुखिकरण र गमनशिलता सम्वन्धी १ दिने तालिम मंगलवार सम्पन्न भएको छ । नेपाल नेत्रहिन संघ कञ्चनपुर परियोजनामा कञ्चनपुरको महेन्द्रनगरमा दृष्टिविहिन र आंशिक दृष्टि भएका व्यक्तिहरुका लागि अभिमुुखिकरण र गमनशिलता सम्वन्धी १ दिने तालिम मंगलवार सम्पन्न भएको हो ।

 नेपाल नेत्रहिन संघ कञ्चनपुरका अध्यक्ष प्रेम बोहराको सभाअध्यक्षतामा सम्पन्न भएको उक्त दृष्टिविहिन र आंशिक दृष्टि भएका व्यक्तिहरुका लागि अभिमुुखिकरण र गमनशिलता सम्वन्धी १ दिने तालिमका प्रमुख अतिथि नेपाल पारा ओलम्पीक कमिटि सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिर्घ कुमार स्वार रहनु भएको थियो । विशिष्ट अतिथि प्रदेश खेलकुद परिषद सदस्य जीवन कुमार भट्ट रहनु भएको थियो । पुर्ण दृष्टिविहिन भएका व्यक्तिहरुले सेतो छडीको सहायताले घर देखि वाहिर गएर आफ्ना दैनिक क्रियाकलापहरु सजिलैसंग गर्न सकुन भन्ने उदेश्यले उक्त १ दिने तालिम दिइएको नेपाल नेत्रहिन संघ कञ्चनपुरले जनाएको छ ।

   सो तालिममा कञ्चनपुरका सबै पालिकाका ३० जना सहभागीहरु रहेका थिए । सो तालिम कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नेपाल पारा ओलम्पीक कमिटि सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिर्घ कुमार स्वारले दृष्टिविहिन भएका व्यक्तिहरुको लागी सरकारले सेतो छडीको व्यवस्था गर्नु पर्नेमा जोड दिनु भयो ।

सम्बन्धित

Comments are closed.