चालक अनुमति पत्रका लागि पुग्ने सेवाग्राहीहरुलाई निरोगिताको प्रमाणपत्र कार्यालय परिसरभित्रै बाट प्रदान गरीदै

 यातायात व्यवस्था कार्यालय कञ्चनपुरमा चालक अनुमति पत्रका लागि पुग्ने सेवाग्राहीहरुलाई निरोगिताको प्रमाणपत्र कार्यालय परिसरभित्रै बाट प्रदान गरीन थालेको छ । चालक अनुमति पत्र लिनका लागि कार्यालयमा पुग्ने सेवाग्राहीहरुले यातायात व्यवस्था कार्यालय कञ्चनपुरको कार्यालय परिषरभित्रैबाट निरोगिताको प्रमाणपत्र पाउदा खुसी लागेको बताएका छन् । यसअघि महगोमा निरोगिताको प्रमाणपत्र लिन बाध्य भएका सेवाग्राहीहरु अहिले भने सस्तोमा कार्यालय परिसरभित्रैबाट स्वास्थ्य जाँच गराई निरोगिताको प्रमाणपत्र लिइ रहेका यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख बिनोद कुमार मालीले बताउनु भयो ।

 अहिले अधिकतम १ सय ६० रुपैयामा सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण गरी यातायात व्यवस्था कार्यालय कञ्चनपुरको परिसरमा नै रहेका चिकित्सकहरुले निरोगिताको प्रमाणपत्र प्रदान गरी रहेका यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख मालीले बताउनु भयो । यसअघि यातायात व्यवस्था कार्यालय कञ्चनपुरले एक सुचना जारी गरी निरोगिताको प्रमाणपत्र जारी गर्नका लागि ईच्छुक चिकित्सकहरुलाई आग्रह गरेकामा डा.चन्दनसिहं बिष्ट र डा.गणेश भण्डारीले अधिकतम १ सय ६० रुपैया प्रतिव्यक्ति स्वास्थ्य जाच र निरोगिताको प्रमाणपत्र जारी गरेको शुल्क लिने भन्दै प्रस्ताव राखेपछि उहाहरुलाई छनौट गरिएको बताउदै यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख बिनोद कुमार मालीले सो कार्यका लागि यातायात व्यवस्था कार्यालय कञ्चनपुरले सहजीकरण समेत गरी रहेको बताउनु भयो ।

 चिकित्सकहरुले चालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालय कञ्चनपुरमा पुग्ने सेवाग्राहीहरुको आखाँ, हातखुट्टा लगायत स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र प्रदान गरी रहेका जनाइएको छ । कार्यालय समयसम्म चिकित्सकहरुले सेवाग्राहीहरुको स्वास्थय जाच गरी रहेका यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख बिनोद कुमार मालीले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.