राष्ट्रियताको रक्षाका लागि सबै सरोकारवालाहरु एक हुन आवश्यक : जगतगुरु

नेपाल आमाको मुर्ति निर्माणका लागि पहल गर्न आग्रह

 जगतगुरु बालसन्त मोहनसरण देवाचार्यले कञ्चनपुरमा निर्माणाधीन नेपाल आमाको मुर्ति निर्माणका लागि सबै सरोकारवालाहरुको साथ आवश्यक रहेको बताउनु भएको छ । नेपाल आमाको मुर्ति निर्माण स्थल कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ८ मा पर्ने भम्केनी धाममा आयोजित श्रीमद्भागवत महापुराणको समापन समारोहको पुर्व सन्ध्यामा शनिवार बोल्दै जगतगुरु बालसन्त मोहनसरण देवाचार्यले सो कुरा बताउनु भएको हो ।

 उहाले नेपाल आमाको मुर्ति निर्माणले धार्मिक आस्थाको मात्रै नभई राष्ट्रियताको संरक्षण गर्न समेत सहयोग गर्ने बताउनु भयो । कञ्चनपुरमा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मुर्ति निर्माण पश्चात यस क्षेत्रको धार्मिक तथा आर्थिक क्षेत्रको विकासमा ठुलो टेवा पु¥याउने जगतगुरु बालसन्त मोहनसरण देवाचार्यले बताउनु भयो । नेपाल आमाको मुर्ति निर्माण कार्य धार्मिक आस्थाका लागि मात्रै नभई स्वाभीमान र राष्ट्रियताको संरक्षणका लागि आम नेपालीले ध्यान दिन आवश्यक रहेको जगतगुरु बालसन्त मोहनसरण देवाचार्यले बताउनु भयो । विभिन्न धार्मिक ग्रन्थहरुमा सुदुरपश्चिम प्रदेशमा रहेका धार्मिक क्षेत्रहरुको बारेमा वर्णन गरिएको भएपनि त्यसको विकासका लागि भने सरोकारवालाहरुले पर्याप्त ध्यान दिन नसकेकामा भने जगतगुरु बालसन्त मोहनसरण देवाचार्यले चिन्ता व्यक्त गर्नु भयो । अबको एक डेढ वर्षमै नेपाल आमाको मुर्ति निर्माणको कार्य सम्पन्न गर्नका लागि आआफ्ना क्षेत्रबाट पहल गर्न जगतगुरु बालसन्त मोहनसरण देवाचार्यले आग्रह समेत गर्नु भयो ।

 संघीय सासंद निरुदेवी पालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि समेत रहनु भएका कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टलाई सम्मान समेत गरिएको थियो । गौसंरक्षण र नेपाल आमाको मुर्ति निर्माणका लागि गर्नु भएको पहलको उच्च सम्मान गर्दै विकुल छन्द पद्यांशमा सम्मान पत्र लेखेर सम्मान पत्र जगत गुरु बालसन्त मोहनसरण देवाचार्यले कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टलाई प्रदान गर्नु भएको हो । नेपाल आमाको मुर्ति निर्माण गर्नका लागि भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाले १ करोड रुपैया सहयोग गर्ने भनेकोमा हालसम्म भने ५० लाख रुपैया निकासा भइ सकेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताउनु भयो ।

 जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेचीकाली भ्रमण गरी मूर्ति निर्माणका लागि सुन, चाँदी, पित्तल, तामालगायतका धातु सङ्कलन गर्नु भएको थियो । भ्रमणका क्रममा उहाँले एक करोड ८४ लाख ७२ हजार रुपैया रकम सङ्कलन गर्न भएको थियो । अष्टधातुको नेपाल आमाको ७५ फिट लामो मूर्ति बनेपछि नयाँ पर्यटकीय गन्तव्य स्थल बन्ने र यस क्षेत्रको महिमा बढ्ने जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले बताउनु भयो । यस्तै भम्केनी धाममा सुदुरपश्चिम प्रदेशका ६ वटा जिल्लाहरुमा प्रतिनिधित्व गर्ने गरी ६ वटा कुण्डहरु समेत निर्माण गरिएका छन् ।

सम्बन्धित

Comments are closed.