शनिवार डिसेम्बर २५ तारिखका दिन क्रिसमस डे कञ्चनपुरमा पनि मनाइयो

 शनिवार डिसेम्बर २५ तारिखका दिन क्रिसमस डे मनाइएको छ । येशु ख्रिष्टको जन्म दिन शनिवार अर्थात ‘क्रिसमस डे’ को उपलक्ष्यमा ईसाईहरुले विभिन्न कार्यक्रम गरि मनाएका छन् । संसार भरीका ईसाईहरुले ‘क्रिसमस डे’ को उपलक्ष्यमा विभिन्न कार्यक्रम गरि मनाएका हुन् । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेम गाउको गोठमा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कन्या कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले उद्धार,मुक्ति, जिवन, प्रेम, शान्ति, आनन्द दिएको हुदा क्रिसमस डे लाई विशेष रुपमा मनाउने गरिएको ईसाई समाज कन्चनपुरले जानकारी दिएको छ ।

 विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने वि.सं. २०६३ पछि मनाउन थालिएको हो । ‘क्रिसमस डे’ को अवसरमा विसं २०६३ देखि २०७४ सम्म क्रिसमस डे को दिन सार्वजनिक बिदा दिइएको थियो । यस अवसरमा विसं २०७५ देखि २०७७ सम्म भने क्रिसमस डे को दिन ख्रिष्टियनहरुलाई मात्र बिदा दिइएको थियो । यस वर्ष भने नेपाल सरकारले सबैलाई सार्वजनिक बिदा दिइएको छ । यसैविच कञ्चनपुरको बेदकोट नगरपालिकामा पनि विभिन्न कार्यक्रम गरि ‘क्रिसमस डे’ मनाएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर १ चम्फापुर स्थित वेथसालोम मन्डलीमा विभिन्न कार्यक्रम गरि ‘क्रिसमस डे’ मनाएका हुन् ।

 कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर १ चम्फापुर स्थित वेथसालोम मन्डलीका पाष्टर तथा अध्यक्ष सुरज मल्लको अध्यक्ष्यतामा मनाइएको क्रिसमस डे’ कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक तथा विश्वासी फैरु तामाङ रहनु भएको थियो । उक्त ‘क्रिसमस डे’ को अवसरमा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर १ चम्फापुरको वेथसालोम मन्डलीका पाष्टर तथा अध्यक्ष सुरज मल्लले येशु ख्रिष्टको जन्म दिनको वारेमा वचन प्रस्तुत गर्नु भएको थियो । साथै ईसाई बालबालिकाहरुबीच हाजिरी जवाm प्रतियोगिता समेत सञ्चालन गरिएको कञ्चनपुरको वेदकोट नगरपालिका वेथसालोम मन्डलीकी बाल संगती चलाउने सञ्चालक युवा लक्ष्मी खडकाले बताउनु भयो । सो हाजिरी प्रतियोगितामा प्रथम, द्धितिया र तृतिया हुने वालवालिकाहलाई पुरष्कार समेत वितरण गरिएको जनाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.