महिलामाथि हुने राजनीतिक हिंशाको अवस्था सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न

 महिलामाथि हुने राजनीतिक हिंशाको अवस्था सम्बन्धी अन्र्तक्रिया कार्यक्रम कञ्चनपुरको महेन्द्रनगरमा आईतवार सम्पन्न भएको छ । मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरद्धारा सञ्चालित नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता  परियोजना अन्तरगत महिलाहरुको सहभागिता अभिबृद्धि र महिला माथि हुने राजनितिक हिंसा सम्वन्धी पत्रकारहरुसंग त्रैमासिक बैठक कार्यक्रम आयोजना महेन्द्रनगरमा सम्पन्न भएको हो ।

   सो कार्यक्रममा मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरले वुमनकाईण्ड वल्र्डवाईडको आर्थिक सहयोगमा सञ्चालित नेपालमा सीमान्तकृत महिलाको आवाज र सहभागिता परियोजना अन्र्तगत सन् २०२१ को अक्टोबर देखि डिसेम्बर तीन महिनाको अवधिमा गरिएका कार्यक्रमका बारेमा जानकारी गराइएको थियो ।

 कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र बेल्डाडी गाउपालिकामा रहेका एकल महिलाहरुका १७ वटा समुह गठन गरी ती समुहमा १ सय ६६ जना दलित, १ सय १९ जना जनजाति र अन्य ३ सय २८ गरी कुल ६ सय १३ जना महिलाहरु आवद्ध रहेका मानव अधिकारको लागि महिला एकल महिला समुह  कञ्चनपुर द्धारा सञ्चालित नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता  परियोजनाका कञ्चनपुर जिल्ला कार्यक्रम संयोजक बीर बहादुर नेपालीले जानकारी दिनु भयो । उहाका अनुसार समुहमा ४ लाख ८१ हजार ३ सय ५५ रुपैया बचत संकलन गरेका छन् । सोही रकम समुह सदस्यले ऋण लिएर व्यापार व्यवसाय गरी रहेका छन् । यस्तै सो परियोजना अन्र्तगत एकल महिला समुहका ३० जना महिलालाई ३ दिने उद्यमशीलता तालिम दिइएको छ भने २० जना निर्वाचित महिलालाई ४ दिने उद्यमशीलता सम्बन्धी तालिम दिइएको छ । निर्वाचित महिला र एकल महिला समुहका महिला गरी कुल ५० जनालाई १२ लाख रुपैयाको बिउ पुजी वितरण गरिएको मानव अधिकारको लागि महिला एकल महिला समुह  कञ्चनपुर द्धारा सञ्चालित नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता  परियोजनाका कञ्चनपुर जिल्ला कार्यक्रम संयोजक बीर बहादुर नेपालीले बताउनु भयो । बिउ पुजी प्राप्त गरेका ५० जनामध्ये ४१ जनाले उद्यम व्यवसाय गरी सकेका छन् भने ९ जनाले उद्यम व्यवसाय गर्ने तयारीमा रहेका मानव अधिकारको लागि महिला एकल महिला समुह  कञ्चनपुर द्धारा सञ्चालित नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता परियोजनाका कञ्चनपुर जिल्ला कार्यक्रम संयोजक बीर बहादुर नेपालीले बताउनु भयो । सो अन्र्तक्रिया कार्यक्रममा सहभागी पत्रकारहरुले महिलामाथि हुने राजनीतिक हिंशाको अन्त्य गर्नका लागि सर्वप्रथम महिला आफै जागरुक हुनुपर्ने र परिवारको समेत सहयोग हुनुपर्ने बताएका थिए ।

सम्बन्धित

Comments are closed.