आरक्ष पीडितहरुको समस्या समाधान वर्तमान सरकारले गर्छ : नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री साउद
नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले कञ्चनपुरका शुक्लाफाँटा आरक्ष पीडितहरुको समस्या समाधान यही वर्तमान सरकारले गर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले सो कुरा बताउनु भएको हो । साथै उहाले आफुले प्रतिनिधीमण्डल सहित प्रधानमन्त्री र अन्य सरोकारवालाहरुसंग आरक्षपीडितहरुको समस्या राखिसकेको बताउनु भयो । साथै प्राविधिक कार्यहरु सम्पन्न भइसकेको र अब त्यसको कार्यान्वयनमा जाने बताउदै उहाले चाडो भन्दा चाडो समस्या समाधान हुने बताउनु भयो । यस्तै सुकुम्वासी एवम् अव्यवस्थित बसोबासीहरुको भुमि सम्बन्धी समस्या समाधानका लागि समेत सरकारले पहल गरी रहेको नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले बताउनु भयो ।
यसअघि कम्युनिष्ट नेतृत्वको सरकारले भुमिसम्बन्धी समस्या समाधान गर्नमा प्रभावकारी भुमिका खेल्न नसकेको बताउदै उहाले वर्तमान सरकारले भने गम्भीरताका साथ भुमिसम्बन्धी समस्या समाधानका लागि पहल गर्ने बताउनु भयो । दुई तिहाईको सरकार भएर समेत कुनै पनि नागरिकलाई जग्गा वितरणको कार्य गर्न नसकेको बताउदै उहाले जनतालाई जमिनको मालिक बनाउने कार्यमा वर्तमान सरकारले प्रभावकारी रुपमा कार्य गरी रहेको बताउनु भयो । साथै उहाले असोज अन्तिमदेखि कार्तिक ३ गतेसम्म आएको बेमौसमी वर्षाका कारण आएको बाढीले पीडित भएका कञ्चनपुरका नागरिकलाई राहत दिनका लागि समेत पहल गर्न आफुले प्रधानमन्त्रीलाई भेटेरै आग्रह गरेको समेत बताउनु भयो ।
प्रधानमन्त्री शेर बहादुर देउवा भुमिहीनहरुको समस्या समाधान गर्नका लागि गम्भीर हुनु भएको बताउदै नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले कञ्चनपुरका अन्य समस्या समाधान गर्नका लागि समेत आफुले प्रधानमन्त्री देउवालाई आग्रह गरिएको बताउनु भयो । नेपाल प्रेस युनियन कञ्चनपुरका अध्यक्ष अमरबहादुर चन्दको सभापतित्वमा सम्पन्न भएको उक्त पत्रकार सम्मेलनमा नेपाली काग्रेसका केन्द्रिय सदस्य यज्ञराज जोशी, नेपाली काग्रेस कञ्चनपुर जिल्ला सभापति पदम बोगटी, नेपाली काग्रेस कञ्चनपुरका उपसभापति मीन बहादुर सिंह लगायतका नेपाली काग्रेसका नेताहरुको सहभागिता रहेको थियो ।
यसैविच नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले नेपाल निजामती कर्मचारी युनियन संघ कंचनपुरको ८ औँ जिल्ला अधिबेशनको उद्घाटन समेत गर्नु भयो । सो कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
Comments are closed.