नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कञ्चनपुरको चौथो अधिवेशन शुक्रवार सम्पन्न

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कञ्चनपुरको चौथो अधिवेशन शुक्रवार सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) कञ्चनपुरका अध्यक्ष हेमन्ती चौधरीको अध्यक्षतामा (फोनिज) कञ्चनपुरको चौथो अधिवेशन शुक्रवार सम्पन्न भएको हो । (फोनिज) कञ्चनपुरको चौथो अधिवेशनबाट अध्यक्षमा हेमन्ती चौधरी पुनः निर्बिरोध चयन भएको (फोनिज) कञ्चनपुरले जनाएको छ ।

 फोनिज कञ्चनपुरको चौथो अधिवेशनबाट हेमन्ती चौधरीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । १६ वर्ष देखि सामुदायिक रेडियो शुक्लाफांटा एफ. एम कञ्चनपुरबाट पत्रकारिता क्षेत्रमा कार्यरत हेमन्ती चौधरी सामुदायिक रेडिया बाह्रसिंगा एफ. एम कञ्चनपुरको अध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरको उपाध्यक्ष रहनु भएको छ । (फोनिज) अध्यक्ष हेमन्ती चौधरीले आदिवासी जनजातिहरुका हक हित,पहिचान सवालहरुको लागि जनजाति पत्रकारको सञ्चार माध्यमको विकास गर्न जोड दिने बताउनु भयो ।

 साथै पत्रकारिता क्षेत्रमा जनजाति युवाहरुको क्षमता अभिवृदि गर्न स्थानीय तहसंग समन्वय र सहकार्य गरि सचेतीकरण, तालिम, गोष्ठी लगायतका कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । सो कार्यसमितिको उपाध्यक्षमा पहिलाद राना, सचिवमा नरेश राना सहसचिव निरु चौधरी कोषाध्यक्षमा गिता चौधरी र सदस्यमा भुवनेश्वरी राना र सरिता चौधरी रहेका छन् ।

सम्बन्धित

Comments are closed.