रुडुक नेपालकी महासचिव एवम् विश्व हिन्दु महासंघकी वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी साउदको विशेष पहलमा पीडित परिवारलाई न्यानो कपडा वितरण
कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्वर १, ३, ७, ८, ९ र १० मा न्यानो कपडा वितरण गरिएको छ । आरक्षपीडित, विपन्न तथा एकल महिलाहरुलाई रुडुक नेपालद्वारा न्यानो कपडा वितरण गरिएको हो । एनआइसी एसिया बैंकको सहयोग र रुडुक नेपालकी महासचिव एवम् विश्व हिन्दु महासंघकी वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी ज्योत्सना साउदको विशेष पहलमा पीडित परिवारलाई न्यानो कपडा वितरण गरिएको हो । ३ सय जना विपन्न तथा आरक्षपीडितलाई न्यानो कपडा (कम्बल) वितरण गरिएको हो ।

चिसो बढ्दै गएपछि विपन्न परिवारलाई चिसोबाट बचाउन राहात स्वरुप रुडुक नेपालले आरक्षपीडित, विपन्न तथा एकल महिलालाई न्यानो कपडा (कम्बल) वितरण गरिएको बताइएको छ । पुस महिनाको चिसोमा न्यानो कपडा पाएपछि विपन्न तथा आरक्षपीडित परिवार हर्षित भएका छन । रुडुक कञ्चनपुर जिल्ला अध्यक्ष कल्पना केसीको सभापतित्वमा न्यानो लुगा वितरण गरिएको हो ।

उक्त कार्यक्रममा सामाजिक अभियन्ता तुलसी जोशी, रुडुकका कोषाध्यक्ष पशुपति थापा, रुडुक कञ्चनपुरका उपाध्यक्ष मीन बहादुर सिंह लगायत सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो ।
Comments are closed.