नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री एनपी साउदले कञ्चनपुरमा शिविर एकीकृत विकास परियोजना तत्काल अगाडि बढाउनको कुरामा पहल कदमी चालिएको बताउनु भएको छ । कञ्चनपुरमा रहेका विभिन्न शिविरहरु (मुक्ति शिविर, आरक्ष पीडित शिविर)मा बस्दै आउनु भएका नागरीकहरुको आर्थिक समृद्धि गर्नका लागि र विकासको मुल प्रवाहमा ल्याउनका लागि शिविर एकीकृत विकास परियोजना लागु हुनुपर्नेमा उहाले जोड दिनु भयो ।
कञ्चनपुरको वेदकोट नगरपालिका स्तरीय कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा मंगलवार बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री एनपी साउदले शिविर एकीकृत विकास परियोजनाका लागि आफुले पहल गरी रहेको बताउनु भयो । साथै उहाले कञ्चनपुर जिल्लामा रहेका खानेपानीका परियोजना र भौतिक पुर्वाधारका अधुरा रहेका परियोजनालाई निरन्तरता दिनको लागि प्रयास सुरु भएको बताउनु भयो ।
एमसीसीका विषयमा बोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री एनपी साउदले एमसीसी कुनै एकल सम्झौता नभई सबैको सरोकारको विषय भएको बताउनु भयो । साथै उहाले एमसीसीलाई ससंदमा लगेर त्यसमा छलफल गर्नुपर्ने बताउदै कम्युनिष्टहरुले आफुले सरकारमा रहदा एमसीसी ठिक छ भन्ने तर प्रतिपक्षमा रहदा एमसीसी ठिक छैन् भन्ने गरेका बताउनु भयो । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री एनपी साउदले सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको भुमि सम्बन्धि समस्या समाधान गर्नका लागि आफुले सम्बन्धित सरोकारवालाहरुलाई पटकपटक ध्यानाकर्षण गराएको बताउनु भयो । साथै उहाले बेमौसमी वर्षाका कारण भएको क्षतिको क्षतिपुर्तिका लागि आफुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको बताउदै तत्काल क्षतिपुर्ति प्रदान गरिने बताउनु भयो ।
Comments are closed.