थारू समुदायमा पौष मसान्त शुक्रवार देखि माघ पर्व (माघी) सुरु भएको छ । पुसको अन्तिम दिन पौष मसान्त शुक्रवार देखि थारू समुदायमा माघ पर्व सुरु भएको हो । पुसको अन्तिम दिन (जीता) बङ्गुर मार्ने प्रचलन अनुसार शुक्रवार थारू समुदायमा (जीता) बङ्गुर, कुखुरा, खसी र माछा मारेका छन् । हरेक गाउका थारू समुदायमा शुक्रवार विहानै देखि गाउभरीका किसनुवाहरुले जिता मारेको कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ६ का जयराम डंगौराले बताउनु भयो ।
उक्त (जीता) बङ्गुर, कुखुरा, खसीको मासु, माछा, आलु, पिडालु र मुलाको गुन्द्रुकको तरकारीका साथ चेलीबेटी, घरपरिवार र छिमेकीहरुसंग एक साथ रमाइलो गरी खानपिन गरिने कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६ का जयराम डंगौराले बताउनु भयो ।
जीता’ को प्रशादसँगै रातभर जाग्राम बस्दै मघौटा, धमार, झुमा नाच नाच्ने गर्दछन भने माघे संक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । साथै थारू समुदायमा माघ महिनामा सम्बन्धित गाउको नेतृत्व गर्नका लागि र विभिन्न सामाजिक कार्यको अगुवाई गर्नका लागि भलमन्सा, चौकीदार र गुरुवाको चयन पनि गर्ने गर्दछन् । तर यसपाली कोरोनाका कारण जमघट हुन नपाउने र बढी मासिनको भीडभाड गरी चाडपर्व मनाउन सरकारले रोक लगाएका स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरेरै माघ पर्व मनाउने थारु समुदायका व्यक्तिहरुले बताउनु भएको छ ।
Comments are closed.