कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ रौटेलामा रहेको प्राचीन बैजनाथ मन्दिरमा शनिवार लघु रुद्री तथा रुद्राभिषेक अनुष्ठान कार्यक्रम सम्पन्न भएको छ । कोभिड महामारीले कञ्चनपुरमा र नेपालमै भयावह रुप लिन नसकोस् भन्नका लागि तथा विश्व शान्तिको कामना गर्दै लघु रुद्री तथा रुद्राभिषेक अनुष्ठान कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ६, ७ र ८ का श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो । उक्त लघु रुद्री तथा रुद्राभिषेक अनुष्ठान कार्यक्रममा श्री शिवधाम संस्कृत गुरुकुलबाट ११ जना बटुकहरुबाट लघु रुद्री तथा रुद्राभिषेक अनुष्ठानमा पाठ गरिएको थियो । १५ वर्ष मुनिका वेद र शास्त्रमा पोख्त भएका बटुकहरुद्धारा पाठ गरिएको हो ।
प्राचीन बैजनाथ मन्दिरका पुजारी भोजराज चटौतको पहलमा उक्त लघु रुद्री तथा रुद्राभिषेक अनुष्ठान कार्यक्रम सम्पन्न भएको हो । भजन समेत गरिएको उक्त कार्यक्रममा आध्यात्मिक चिन्तन भएका व्यक्तिहरुको सहयोग तथा सहभागिता रहेको थियो । खासगरी कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजी चौखुट्टीका भक्तजनहरुको उल्लेख सहभागिता रहेको थियो ।
Comments are closed.