कालोपत्रे गरिएको सडकमाथि ग्राभेल हालिदै, भत्केको ठाउमा मात्रै हालिरहेको दाबी

 कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर ७ मा कालोपत्रे गरिएको सडकमाथि ग्राभेल हाल्न थालिएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर ७ मा रहेको सुडा चोकदेखि शिद्धसरोवर जाने सडकका विभिन्न स्थानमा कालोपत्रे गरिएको सडकमा नै खाल्डाखुल्डी परेपछि ग्राभेल हाल्न थालिएको हो । वि.सं. २०७३÷७४ तिर कालोपत्रे भएको उक्त सडकमा वेदकोट नगरपालिकाले ग्राभेलिङ गरि रहेको हो ।

 कालोपत्रे गरिएको सडकमा ग्राभेल हाल्नु जायज नभएको भन्दै स्थानीयले भने कालोपत्रे सडकमा ग्राभेल हाल्दा दुर्घटनाको जोखिम समेत बढ्ने बताएका छन् । यता कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष बीर बहादुर डगौरासंग यस विषयमा बुझ्दा उहाले वेदकोट नगरपालिकाको वडा नम्बर ७ को वडा कार्यालयको बजेटमा वेदकोट नगरपालिकाको टिप्पर प्रयोग गरेर ग्राभेल हाल्ने काम भइ रहेको बताउनु भयो ।

 गत वर्ष चैततिर कालोपत्रे भएको सडकको मर्मतका लागि भन्दै ४ लाख रुपैया आएको भएपनि कोभिडको प्रभावका कारण फिर्ता भएको बताउदै कञ्चनपुरको वेदकोट नगरपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष बीर बहादुर डगौराले केही स्थानीयको अनुरोध मै कालोपत्रे गरिएको सडकमा ग्राभेल हालिएको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.