कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ स्थित जानकी महिला मध्यवर्ती सामुदायिक वनमा मंगलवार क्यामेरा जडान गरिएको छ । वन भित्र बाघलाई नियन्त्रण गर्न बाघले हिड्ने बाटो पत्ता लगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा न २ स्थित जानकी महिला मध्यवर्ती सामुदायिक वनमा मंगलवार क्यामेरा जडान गरिएको हो । उक्त वनभित्र बाघ नियन्त्रण गर्न बाघ हिड्ने बाटो पत्ता लगाउने उद्येश्यले सो क्यामेरा जडान गरिएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ स्थित जानकी महिला मध्यवर्ती सामुदायिक वनले जनाएको छ । हालसम्म जानकी महिला मध्यवर्ती सामुदायिक वनमा कुन मार्ग भएर बाघ हिडि रहेको छ भन्ने जानकारी नभएको र अब क्यामेराबाट सहजै पत्ता लगाउन सकिने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका शिवराज पनेरुले बताउनु भयो । साथै बाघले आतंकबाट सुरक्षित रहन सबै सरोकारवालाहरुलाई र शुक्लाफाटा नगरपालिका वडा नम्बर २ वनका वरिपरिका बासिन्दा र वडा नम्वर १ का वासिन्दाहरुलाई सचेत रहन आग्रह गरिएको छ ।