सुदूरपश्चिम प्रदेशका चार जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण

सुदूरपश्चिम प्रदेशका चार जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सुदुपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कञ्चनपुरका दुई, बझाङ र डोटीका एक÷एक जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

 कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वास नगरपालिकाका २९ वर्षीय पुरुष, डोटीको पुर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका १ सय ४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएकोमा चार जनामा ओमिक्रोन पुष्टि भएको सुदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिनु भयो । संक्रमण पुष्टि भएका सबै त्रिनगर नाका भएर स्वदेश फर्केका नागरिक हुन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.