राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट महिला तर्फ कैलालीकी गरिमा शाह विजयी हुनु भएको छ । प्रदेश सभातर्फ १ हजार ८ सय ७२ मतभार र स्थानीय तहतर्फ १ हजार ९ सय ६२ मतभार पाएर उहा निर्वाचित हुनुभएको हो । उहा सत्ता गठबन्धनबाट महिलातर्फकी उम्मेदवार रहनुभएको थियो । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५ सय ७६ र स्थानीय तहतर्फ १ हजार १ सय ५२ मतभार प्राप्त गर्नुभएको छ । यस्तैः राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट दलित तर्फबाट जगत पार्की विजयी हुनुभएको छ । प्रदेशसभातर्फ १हजार ८ सय ७२ मतभार र स्थानीय तहतर्फ १ हजार ८ सय ९० मतभार पाएर उहाँ निर्वाचित हुनुभएको हो । उहाँ माओवादीका पार्की गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो । निकटतम प्रतिष्पर्धी एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५ सय ७६ र स्थानीय तहतर्फ १ हजार २ सय ६ मतभार प्राप्त गर्नुभएको छ । यस्तैः राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट अन्यमा कांग्रेसका नारायणदत्त मिश्र विजयी हुनुभएको छ । मिश्र प्रदेश सभातर्फ १ हजार ८ सय ७२ मतभार र स्थानीय तहतर्फ १ हजार ८ सय ७२ मतभार पाएर निर्वाचित हुनुभएको हो । निकटतम प्रतिष्पर्धी एमालेका उम्मेदवार डिल्ली राज जोशीले प्रदेशतर्फ ६ सय २४ र स्थानीय तहतर्फ १ हजार २ सय ७२ मतभार प्राप्त गर्नुभएको छ ।