बैतडीमा बस दुर्घटना, ८ जना घाइते

बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । जिल्लाको पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका वडा नं २ को रौतगाउँ नजिकै बिहीबार बिहान ना ७ ख २५७० नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो । महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी घाइते हुनेमा मेलौली नगरपालिका ६ का ४८ बर्षीया कमलापति भट्ट, मेलौली ९ का २४ बर्षीय दुर्गादत्त भट्ट, मेलौली ९ कै ६८ बर्षीय रामसिंह साउँद, मेलौली २ का २१ बर्षीय मनिष चन्द रहेका छन् ।

यस्तै शिवनाथ गाउँपालिका १ का २१ बर्षीय सुशिला चन्द, शिवनाथ ६ का २९ बर्षीय जनक आउजी, कञ्चनपुरको दैजीका २१ बर्षीय पूजा भट्ट र बाराका ४५ बर्षीय सिराज अन्सारी पनि घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

बसमा ३२ जना सवार रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बस सडकबाट ५ मिटर तल खसेको जनाइएको छ । चालक विरेन्द्र लुहार प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनको कारण भने खुल्न सकेको छैन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.