बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते

बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बसमा ३२ जना यात्रु सवार थिए । पाटन–पञ्चेश्वर सडकखण्डमा ना७ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान ६ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनु भयो । घाइते हुनेमा बैतडीको मेलौली नगरपालिका वडा नम्बर ६ का कमलापति भट्ट, मेलौली नगरपालिकाकै मनिषा चन्द, दुर्गादत्त भट्ट, बैतडीको शिवनाथ गाउँपालिकाकी शुशिला चन्द, शिवनाथ गाउपालिकाकै जनक औजी, रामसिंह साउँद, कञ्चनपुरको बेदकोट नगरपालिका दैजीकी पुजा भट्ट र बारा घर भएका सिराज अन्सारी रहेका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा जिल्ला अस्पताल पठाइएको छ । कञ्चनपुरको महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यातायातको उक्त बस सडकबाट तल खसेको हो । बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का विरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.