सुदुरपश्चिम प्रदेशमा बिहीवार ५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीवार १ हजार ९ सय १३ जनाको कोरोना परिक्षण गर्दा बुधवार थप ५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । बिहीवार थप ५ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५६ हजार ३ सय ११ जना पुगेको छ । साथै सुदुरपश्चिम प्रदेशमा बिहीवार थप १ सय ३० जना कोरोनाको संक्रमण मुक्त भएसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण मुक्त हुनेको कुल संख्या ३८ हजार ८ सय ४३ जना पुगेको सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसैगरी सुदुरपश्चिम प्रदेशमा बिहीवार थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । बिहीवार कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ का ६२ वर्षीय १ जना पुरुष रहेका छन् । उहाको कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । बिहीवार थप एक जना कोरोना संक्रमितको ज्यान गएसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय १९ जना पुगेको सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Comments are closed.