जंगली हातीको बथानद्धारा किसानहरुको खेत बालीमा क्षति, नगर प्रमुखद्धारा अनुगमन

 कञ्चनपुरको वेदकोट नगरपालिकामा जंगली हातीको बथानले किसानहरुको खेत बालीमा क्षति पु¥याएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १० दैजी चतहरी बस्तिमा विहिवार राती २५÷३० वटाको संख्यामा रहेका जंगली हातीको बथानले किसानहरुको खेत बालीमा क्षति पु¥याएको हो । ती जंगली हातीका बथान राती करिव साढे ११ बजेतिर वेदकोट नगरपालिका वडा नम्बर १० दैजी चतहरी बस्तिमा प्रवेश गरेको स्थानियले बताएका छन् ।

 बच्चा सहित साथमा रहेका ती हात्तीका बथान कञ्चनपुरको बेदकोट नगरपालिका वडा न १० बडीदैजी राना दैजी चतहरीमा मेसवायर भत्काएर खेतबारीमा आएर गहुँ बाली, मसुरो बाली, तोरी बाली क्षति गरेका छन् । साथै जंगली हातीले वेदकोट नगरपालिका वडा नम्बर १० दैजी राना दैजी चतहरीका खेमराज पन्त, तीर्थ राज पन्त, महेश राना, यादव राना, सुरजित राना लगायतका किसानहरुको अन्नवाली नोक्सानी गरिएको बताइएको छ । सो वस्तीमा जंगली हातीले किसानहरुको हिउदेवाली गहुवाली मसुरो, तोरी लगायतका नोक्सानी गरेको खवर प्राप्त भएलगत्तै शुक्रवार कञ्चनपुरको वेदकोट नगरपालिकाका नगरप्रमुख अशोक कुमार चन्दले क्षतिको विवरण बारे स्थलगत अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा कञ्चनपुरको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले किसानहरुलाई राहत दिइने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.