गाउँपालिकामा कर्मचारीको अभाव

अछामको रामारोशन गाउँपालिकामा कर्मचारीको अभाव भएको छ । अछामको रामारोशन गाउँपालिकामा ६२ जना कर्मचारीको दरबन्दी रहेको छ । सो गाउँपालिकामा अहिले १५ जना स्थायी कर्मचारी मात्रै छन् । बाँकी ४७ जना कर्मचारीको अभाव गाउँपालिकाले करारमा कर्मचारी नियुक्त गरेर पूरा गरेको छ भने वडा कार्यालय र गाउँपालिकाको प्रशासन गरी दुई क्षेत्र एउटै कर्मचारीले सम्हालेका छन् । अहिले पनि अछामको रामारोशन गाउँपालिकाका पाँच वडा कार्यालय वडा सचिवविहीन छन् । अछामको रामारोशन गाउपालिका वडा नं ३ र ४ मा वडा सचिव भए पनि अन्य पाँचवटा वडा कार्यालयको जिम्मा शिक्षा शाखा, स्वस्थ्य शाखा तथा अन्य शाखामा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारी दिइएको अछामको रामारोशन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले बताउनु भयो । अछामका अधिकांश स्थानीय तह अहिले पनि निमित्तकै भरमा चलेका छन्। सङ्घीय संरचनामा देश गइसकेको भए पनि अझै कर्मचारी व्यवस्थापनमा भने निकै ढिलाइ हुँदै आएको छ । एकातिर दरबन्दीअनुसार कर्मचारी नहुनु समस्या छ भने अर्कोतिर सम्बन्धित कार्यक्षेत्रमा नगई बिदामै बसेर आफ्नो काज मिलाउन समेत कैयौँ कर्मचारीहरुले गर्दै आएका छन् । त्यसको मारमा अछामको रामारोशन गाउँपालिका पनि परेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.