सुदुरपश्चिम प्रदेशमा शनिवार २ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

थप २ सय ९९ जना कोरोनाको संक्रमण मुक्त

सुदुरपश्चिम प्रदेशमा शनिवार २ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार १ हजार १ सय ६९ जनाको कोरोना परिक्षण गर्दा थप २ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । शनिवार थप २ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५७ हजार ६६ जना पुगेको छ ।

 साथै सुदुरपश्चिम प्रदेशमा शनिवार थप २ सय ९९ जना कोरोनाको संक्रमण मुक्त भएसंगै सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण मुक्त हुनेको कुल संख्या ३९ हजार २ सय ९९ जना पुगेको सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म सुदुरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ सय २१ जना पुगेको सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सम्बन्धित

Comments are closed.