आईतवार जनवरी ३० तारिखका दिन कञ्चनपुरमा पनि ६९ औँ विश्व कुष्ठरोग दिवश मनाइएको छ । “शुन्य कुष्ठ रोगको लागि हाम्रो प्रतिवद्धता, आत्मसम्मानको लागि ऐक्यवद्धता” भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी दिवश मनाइएको हो । सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय कञ्चनपुरको संयुक्त आयोजनामा सो कार्यक्रम अन्र्तक्रिया लगायत विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो । स्वास्थ्य निर्देशनालय सुदुरपश्चिम प्रदेशका निमित्त निर्देशक जगदीश जोशीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का रहनु भएको थियो । हाल कञ्चनपुर जिल्लामा ३५ जना कुष्ठरोगका बिरामी उपचारमा रहेका छन् जसमध्ये भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकामा सबैभन्दा बढी रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । कुष्ठरोगका चिन्ह तथा लक्षणहरुमा छुदा थाहा नहुने स्पर्श शक्ति ह्रास भएको रातो फुस्रो दाग देखिने, कानको लोती बाक्लो हुने, सतही नशाहरु सुनिएमा र दुखेमा, हातखुट्टा झमझम गर्ने तथा शिल्का हान्ने लगायत रहेका छन् । कुष्ठरोगको औषधी प्रत्येक स्वास्थ्य संस्थाहरुबाट निशुल्क उपलब्ध गराइन्छ ।
यसैविच कञ्चनपुरको भीमदत्त नगरपालिकामा विश्व उपेक्षित रोग दिवस समेत मनाइएको छ । “उपेक्षित रोगहरुको अन्त्य गरौ, स्वास्थ्य क्षमता हासिल गरौँ” भन्ने मुल नाराका साथ कञ्चनपुरको भिमदत्त नगरपालिकामा विश्व उपेक्षित रोग दिवस मनाइएको हो । स्वास्थ्य निर्देशनालय दिपायल डोटी र स्वास्थ्य कार्यालय कञ्चनपुरको संयुक्त आयोजनामा विश्व उपेक्षित रोग दिवस मनाइएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म उपेक्षित रोगहरुलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । सोही अनुसार विभिन्न बहश तथा अन्र्तक्रिया कार्यक्रमहरु हुने गरेका छन् । विश्व स्वास्थ्य संगठनले २० वटा रोगलाई उपेक्षित रोगहरुको सुचीमा राखेकोमा नेपालमा भने नेपालमा रहेका ११ वटा रोगलाई उपेक्षित रोगका रुपमा लिने गरिन्छ । तीमध्ये पनि ४ वटा रोगलाई प्राथमिकता दिइएको छ । ती चार वटा रोगहरुमा कुष्ठरोग, कालाजार, हात्तीपाइले र डेगुं रहेका छन् । नेपालमा पनि उपेक्षित रोगहरुको निवारण एवम् नियन्त्रण गर्नका लागि विभिन्न योजनाहरु बनाएर कार्यक्रमहरु अगाडि बढाइएका र सोही अनुसार दिवशको अवशर पारेर विभिन्न सरोकारवालाहरु समक्ष जानकारी तथा सुचना पु¥याउन विभिन्न बहश तथा अन्र्तक्रिया कार्यक्रमहरु गर्ने गरिएको सुदुरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयका कीटजन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।
शुक्लाफाँटा खबर
5045 posts
सम्बन्धित