कञ्चनपुरको बैजनाथ महिला बहुउदेश्यीय सहकारी सस्था लिमिटेडले मुट्ठी दान ( अन्न दान ) संकलन

कञ्चनपुरको बैजनाथ महिला बहुउदेश्यीय सहकारी सस्था लिमिटेडले मुट्ठी दान ( अन्न दान ) संकलन गर्न थालेको छ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नमवर ७ गाउजी स्थित कञ्चनपुरको बैजनाथ महिला बहुउदेश्यीय सहकारी सस्था लिमिटेडले मुट्ठी दान ( अन्न दान ) संकलन गर्न थालेको हो । सो सस्थाले बिपत सामाजीक कोष संचालनका लागी प्रत्येक टोलहरूबाट मुट्ठी दान ( अन्न दान ) संकलन गर्न थालेको कञ्चनपुरको बैजनाथ महिला बहुउदेश्यीय सहकारी सस्था लिमिटेडका अध्यक्ष तुलसी जोशीले जानकारी दिुनु भयो । उक्त मुट्ठी दान ( अन्न दान ) संकलन गरेर विपदमा परेका गरिव, विपन्न, आदिवासी, दलित, पिछडिएका समुदायलाई राहात प्रदान गरिने कञ्चनपुरको बैजनाथ महिला बहुउदेश्यीय सहकारी सस्था लिमिटेडले बताएको छ । हाल सम्म ५ कुन्टल मुट्ठी दान ( अन्न दान ) संकलन गरिएको कञ्चनपुरको बैजनाथ महिला बहुउदेश्यीय सहकारी सस्था लिमिटेडकी कोषाध्यक्ष सरस्वती चपाईले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.