सहकारी संस्थाद्धारा सहकारी पुजा पसल सञ्चालनमा

कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्थाले सहकारी पुजा पसल सञ्चालनमा ल्याएको छ । स्थानीय उत्पादन र सीपको सदुपयोग गरी स्थानीय स्तरमा उत्पादित वस्तुहरुको बजारीकरण गर्ने उद्येश्यले सहकारी पसल सञ्चानमा ल्याइएको हो । उक्त पसलबाट बिवाह, व्रतबन्ध लगायतका विभिन्न धार्मिक कार्यहरुमा आवश्यक पर्ने पुजा सामाग्रीहरु दुना, टपरी, घीउ, बत्तीहरु लगायतका वस्तुहरु बिक्रीवितरण गर्ने गरिएको उक्त कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्थाका अध्यक्ष तुलसी जोशीले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो ।

 विपन्न वर्गका व्यक्तिहरुसंग भएको सीपको सदुपयोग गर्दै स्थानीय स्तरमा रहेका स्रोतहरुको प्रयोग गरी आर्थिक रुपमा सबल बनाउनका लागि भन्दै सहकारीले पसल सञ्चालन गरेको कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्थाका अध्यक्ष जोशीले बताउनु भयो । आर्थिक रुपमा विपन्न महिलाहरुलाई सहकारीको सदस्य बनाई उहाहरुको सीपको सदुपयोग गरेर आर्थिक आर्जनका बाटोमा ल्याएका कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्थाले जनाएको छ ।

 स्थानीय स्तरमा खेर गई रहेका स्रोत साधनको सदुपयोग गरेर विपन्न वर्गहरुको आर्थिक उत्थानका लागि कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्थाले प्रयास गरी रहेको र आगामी दिनमा सुदुरपश्चिम प्रदेशभर मै स्थानीय स्रोत साधनको सदुपयोग गर्दै विपन्न वर्गलाई आर्थिक रुपमा सबल बनाउन पहल गर्ने सहकारीको उद्येश्य रहेको कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजीमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्थाका अध्यक्ष तुलसी जोशीले जानकारी दिनु भयो ।

सम्बन्धित

Comments are closed.