कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ सय ९ जना

कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ सय ९ जना पुगेको छ । बुधवार कञ्चनपुरमा थप एक जना कोरोना संक्रमितको ज्यान गएसंगै कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ सय ९ जना पुगेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा बुधवार कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेमा कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १६ का ७४ वर्षीय पुरुष रहेका छन् । यस्तै कञ्चनपुरमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्दा १३ जनामा र पिसीआर विधिबाट कोरोना परिक्षण गर्दा ५ जनामा गरी बुधवार कुल १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधवार कञ्चनपुरमा थप १८ जना कोरोनाका संक्रमित थपिएसंगै कञ्चनपुरमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको कुल संख्या ११ हजार ९३ जना पुगेको छ । यसैगरी कञ्चनपुरमा बुधवार थप ८१ जना कोरोनाको संक्रमण मुक्त अर्थात निको भएका छन् । बुधवार थप ८१ जना कोरोनाको संक्रमण मुक्त भएसंगै कञ्चनपुरमा कोरोनाको संक्रमण मुक्त हुनेको संख्या १० हजार ४ सय ५७ जना पुगेका छन् । कञ्चनपुरमा हाल ४ सय १३ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् । तीमध्ये होम आइशोलेसनमा ४ सय १० जना र ३ जना संस्थागत आइशोलेसनमा रहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.