सडक विस्तारको कार्य व्यवस्थित नभएको स्थानीयहरुको गुनासो

 कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ मा भइ रहेको सडक विस्तारको कार्य व्यवस्थित नभएको स्थानीयहरुले गुनासो गरेका छन् । सडक विस्तार गर्ने भन्दै कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ भासी पुर्व पश्चिम राजमार्गदेखि रौटेला प्राचीन कालको बैजनाथ मन्दिर जोड्ने सडक विस्तार गर्दा उचित तरिकाले व्यवस्थापन नगरिएको स्थानीयहरुले गुनासो गरेका हुन् ।

  सडक विस्तार गर्दा सडकको बीचमा रहेका विद्युतका पोलहरु समेत नहटाइएको र नालीको उचित व्यवस्थापन नहुदा सडकमा पानी जमेको स्थानीयहरुले गुनासो गरेका हुन् । उहाहरुले सडक पुर्ण रुपमा विस्तार नभई सकेको भएपनि सो सडकमा यातायातका साधनहरु भने सञ्चालनमा नै रहेकाले सडकका बीचमा रहेका पोलहरु समेत नहटाइदा दुर्घटनाको जोखिम बढेको बताएका हुन् । सरोकारवालाहरुले यसमा यथासक्य चाडो ध्यान दिन आवश्यक रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ भासीका स्थानीयहरुले बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.