कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ रौटेलामा रहेको प्राचीन कालको बैजनाथ मन्दिरमा वार्षिक पुजा र जात्रा सम्पन्न गरिएको छ । प्रत्येक वर्ष माघ शुक्लपक्षको नवमीका राती वार्षिक पुजा र जात्रा (रतेडी) त्यसैगरी दशमीको बिहान विधिपुर्वक पुजाअर्चना गरि जात्रा सम्पन्न भएको प्राचीन कालको बैजनाथ मन्दिरका पुजारी भोजराज चटौतले जानकारी दिनु भयो । उहाका अनुसार प्राचीन कालको बैजनाथ मन्दिरको वार्षिक पुजा तथा जात्रामा विभिन्न क्षेत्रका भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । विगतका वर्षहरुको तुलनामा पछिल्लो समय प्राचीन कालको बैजनाथ मन्दिरको दर्शन गर्ने पुग्ने श्रद्धालु भक्तजनहरुको संख्या बढ्दो रहेको प्राचीन कालको बैजनाथ मन्दिरका पुजारी भोजराज चटौतले बताउनु भयो ।
प्राचीन कालको बैजनाथ मन्दिर परिसरमा अग्लो त्रिशुलको स्थापना गरिएको हुदा समेत सोको दर्शन गर्नका लागि पनि भक्तजनहरु पुग्ने गरेका बताउदै पुजारी चटौतले प्राचीन कालको बैजनाथ मन्दिरको विगतको तुलनामा व्यवस्थापन गरिएको बताउनु भयो । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ झजपुरा गाउजीका श्रद्धालु भक्तजनहरुले प्राचीन कालको बैजनाथ मन्दिरको वार्षिक पुजाको अवशर पारेर कोभिडको प्रभाव नियन्त्रण होस् भन्ने कामना सहित सुनको प्रतिमा समेत चढाएका छन् । धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १ रौटेला स्थित प्राचीन कालको बैजनाथ मन्दिरको थप व्यवस्थापन तथा विकास गरिए पर्यटन प्रवद्र्धनमा उल्लेख भुमिका खेल्न सक्नेमा स्थानीयहरुले जोड दिएका छन् ।