बेलौरी नगरपालिकामा बडघर भलमन्सा परम्परागत प्रथालाइ मान्यता दिइयो

 कंचनपुरको बेलौरी नगरपालिका थारु समुदायको आदिमकाल देखि मान्दै आएको बडघर भलमन्सा परम्परात प्रथालाइ मान्यता दिन ऐन ल्याएको छ । कंचनपुरको बेलौरी नगरपालिका नगर क्षेत्रमा बसोबास गर्दै आएका रानाथारु, डंगौराथारु, कठरियाथारु सवै प्रकृतिका थारु समुदायका बडघर भलमन्सा प्रथालाई कानुनी मान्यता दिन ऐन ल्याएको हो । कञ्चनपुरको बेलौरी नगरपालिकाको ८ औँ नगर सभाबाट बडघर भलमन्सा प्रथालाई कानुनी मान्यता दिन ऐन पारित गरिएको कञ्चनपुरको बेलौरी नगरपालिकाले जानकारी दिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलालले चौधरी थारु समुदायको लोक संस्कृति परम्परा जगेर्ना गर्ने उद्देश्यका साथ बडघर भलमन्सा परम्परागत प्रथालाई मान्यता दिन ऐन ल्याइएको बताउनु भयो ।

 परम्परागत रुपमा चल्दै आएको र मान्दै आएको बडघर भलमन्सा प्रथालाई अहिले कानुनी मान्यता दिएको कञ्चनपुरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताउनु भयो । सो ऐनसंगै अरु विभिन्न ऐन समेत कञ्चनपुरको बेलौरी नगरपालिकाले पारित गरेको छ ।

 कञ्चनपुरको पहिलो सदरमुकाम बेलौरी नगरपालिकालाई सम्बृद्धि बनाउन स्थानीय सरकारबाट विभिन्न पहल भएको समेत कञ्चनपुरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बताउनु भयो । थारु समुदायको लोक परम्परा र संस्कृति संरक्षणका लागी कञ्चनपुरको बेलौरी नगरपालिका सहित बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी नेतृत्वको जनप्रतिनिधीले ल्याएको ऐनमा स्थानीय थारु समुदायका बडघर भलमन्सा खुसी भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.