कञ्चनपुरमा कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न आदेशहरु जारी

कञ्चनपुरमा कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै विभिन्न आदेशहरु जारी गरिएका छन् । कञ्चनपुर जिल्लामा कोभिड १९ र सो को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण जोखिमको वर्तमान अवस्थाको विश्लेषण गरी कोभिड १९ र ओमिक्रोनको संक्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचारलाई प्रभावकारी बनाउन कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी), जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकको निर्णयको सिफारिस, संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार समेतको प्रयोग गरी कञ्चनपुर जिल्लामा यही फागुन १ गते राती १२ बजेदेखि लागु हुने गरी अर्काे व्यवस्था नभएसम्मका लागि आदेशहरु जारी गरिएको छ, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सुचनामा भनिएको छ । अब कञ्चनपुरमा सार्वजनिक स्थलहरुमा हुने कार्यक्रम तथा गतिविधिहरुमा जनस्वास्थ्यका मापदण्डहरुको अनिवार्य पालना गर्ने, गराउने, घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा मास्कको अनिवार्य प्रयोग गर्ने, समय समयमा साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने भौतिक दुरी कायम गर्ने जस्ता जनस्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्ने गराउने आदेशमा उल्लेख गरिएको छ । यस्तै सिनेमा हल, जिम, हेल्थक्लव, स्वीमिङ पुल, फुटसल र विभिन्न वस्तु तथा सेवाहरुको बिक्री वितरण गर्ने व्यवसायहरु जनस्वास्थ्यका मापदण्डहरु पालना गरी राती १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । सार्वजनिक स्थानहरु – कार्यालय, होटल, रेष्टरेन्ट, सिनेमा हल, रंगशाला पार्क आदिमा प्रवेश गर्दा कोभिढ १९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ती निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश तथा सेवा दिने व्यवस्था गनुपर्ने आदेशमा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्धारा जारी सुचनामा शैक्षिक क्रियाकलापहरु ज्नस्वास्थ्य र सुरक्षाका मापदण्डहरुको पालना गरी सञ्चालन गर्ने उल्लेख गरिएको छ । विद्यालय सञ्चालन गर्दा १२ वर्ष उमेर पुरा भएका विद्यार्थीको हकमा नियमित रुपमा भौतिक उपस्थितिममा र १२ वर्ष मुनिका विद्यार्थीको हकमा आलोपालो दिनमा वा सम्बन्धित स्थानीय तहको समन्वय तथा निर्णयको आधारमा सञ्चालन गर्ने निर्णय गरिएको छ । पार्टी प्यालेसहरु जनस्वास्थ्यका मापदण्ड पालना गर्दै एक पटकमा कुल क्षमताको बढीमा पचास प्रतिशत वा सय जनामा नबढ्ने गरी सञ्चालन गर्ने, खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कुल दर्शक क्षमताको ५० प्रतिशत मात्र उपस्थ्ति रहने गरी जनस्वास्थ्यको मापदण्ड तथा सम्बन्धित खेलको अन्र्तराष्ट्रिय प्रोटोकल पालना गरी सञ्चालन गर्ने, जिल्ला भित्रका सरकारी, निजी स्वास्थ्य संस्था र स्थानीय तहले विगतमा सञ्चालन गरेका कोभिड १९ उपचार तथा आइशोलेसन केन्द्रलाई सञ्चालनमा ल्याउन मिल्ने गरी दुरुस्त अवस्थामा राख्ने निर्णय गरिएको छ । निजी तथा सार्वजनिक सवारी साधनहरुमा स्वीकृत सिट क्षमता भन्दा बढी सख्यामा यात्रु नराख्ने, सबैले मास्क अनिवार्य लगाउनु पर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश नदिने, औषधी लगायत अत्यावश्यक वस्तु, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु तथा सेवाको आपुर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने वा लुकाउने वा सहज आपुर्तिमा अवरोध गर्ने उपर कानुन बमोजिम कारबाही हुने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेद्धारा सुचना उल्लेख गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.