कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा नागरिक श्रोत केन्द्र भवनको उद्धघाटन

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १८ मा नागरिक श्रोत केन्द्र भवनको उद्धघाटन गरिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको सालघारी क्षेत्रका विपन्न वर्गहरुलाई स्वरोजगार बनाउनका लागि र उहाहरुका सन्तानहरुलाई शिक्षाका साथै विभिन्न अतिरिक्त क्रियाकलापहरुमा संलग्न बनाउनका लागि परियोजना सञ्चालन गर्ने उद्येश्यले सो भवनको निर्माण गरिएको जनाइएको छ । उक्त भवनको उद्धघाटन कार्यक्रममा अध्यक्षता नरेश सिलाल रहनु भएको थियो भने प्रमुख अतिथिमा कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्ट रहनु भएको थियो भने विशिष्ट अतिथि गैर सरकारी महासंघका केन्द्रिय अध्यक्ष रामप्रसाद सुवेदी रहनु भएको थियो । उक्त भवन निर्माणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका ५ लाख ५० हजार रुपैया, कृष्णपुर नगरपालिकाले २ लाख रुपैया र कोरियन संस्थाले ५१ लाख रुपैया सहयोग गरेको गैरसरकारी संस्था महासंघ कञ्चनपुरका सचिव अमिर तिरुवाले जानकारी दिनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.