रानाथारु समुदायमा होली पर्व शुरु
कैलाली र कञ्चनपुरमा बसोवास गर्ने रानाथारु समुदायमा होरी अर्थात होली पर्व शुरु भएको छ । आदिवासी रानाथारु समुदायमा ‘होरी’ अर्थात् होली पर्व फागुन ४ गते अर्थात माघ पुर्णिमादेखि शुरू भएको हो । राना थारु समुदायमा एक महिनासम्म जिन्दा अर्थात जिउदो होरी माघ पूर्णिमादेखि मनाइने र फागुन पुर्णिमादेखि ८ दिनसम्म मरी अर्थात मृत होरी पर्व मनाउने गर्दछन् ।
राना थारु समुदायमा माघ पुर्णिमाका दिन भलमन्सा अथवा चाकरले घरघरमा गएर भेट अर्थात पुजा सामाग्री संकलन गरी गुइठोको होलिकाको प्रतिमा बनाई राख्ने चलन रहेको छ । यसरी बनाईको प्रतिमा फागुन पुर्णिमाको दिन जलाईने गरिन्छ । त्यसरी होलिकाको प्रतिमाको दहन अर्थात जलाई सकेपछि त्यसैको खरानीलाई टीका लगाउने चलन रहेको छ । यसका साथै होलिका दहन पश्चात ८ दिनसम्म मरी होरी अर्थात मृत होरी खेल्ने र ८ औँ दिनमा खकडेहरा मनाउदै होरी पर्वको समापन गरिन्छ ।
होरी पर्व मनाउदा राना थारु समुदायमा घरघरमा गएर भगवान श्रीकृष्णको लीलाको गीत लगायतका धार्मिक गीतहरु गाउदै रमाइलो गर्ने गरिन्छ । विशेष धार्मिक महत्व रहेको यस होरी पर्वलाई रानाथारु समुदायमा महान पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ ।
Comments are closed.