राष्ट्रिय भूमि आयोग कञ्चनपुरले भुमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा सरोकारवालाहरुसंग अन्र्तक्रिया

वर्षाेसम्म जमिनको प्रयोग गरी रहेका भएपनि जग्गाधनी पुर्जा लालपुर्जा नपाएका तथा भुमिहीनहरुले आफुहरुको समस्या समाधान हुनेमा अन्योलता व्यक्त गरेका छन् । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले भुमि सम्बन्धीका समस्याहरु समाधान गर्ने भनेर भुमि सम्बन्धी समस्या समाधान आयोग गठन गरेका बेला केही आशावादी बनेकाहरु पनि सो आयोग विघटन गरिए पश्चात अन्यौलमा परेका हुन् । तर नेपाली काग्रेसका सभापति समेत रहनु भएका शेर बहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले भुमि सम्बन्धिका समस्याहरु समाधान गर्ने भन्दै राष्ट्रिय भुमि आयोग गठन गरेपश्चात भने पुन ः एक किसिमको आशाको सञ्चार भएको भुमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुले बताएका छन् । यसैविच कञ्चनपुरमा पनि राष्ट्रिय भूमि आयोग कञ्चनपुरले भुमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान कसरी गर्ने भन्ने विषयमा सरोकारवालाहरुसंग अन्र्तक्रिया तथा छलफल गर्न थालेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.