कोरोना महामारीकै बिच पनि वैदेशिक रोजगारीमा जानका लागि पुनः श्रम स्विकृति गर्नेको संख्यामा कमी आउन सकेको छैन । श्रम तथा रोजगार कार्यालय धनगढी कैलालीका अनुसार चालु आर्थिक बर्षको माघ मसान्त सम्म कार्यालयबाट ७ सय ८९ जनाले पुनः श्रम स्विकृति लिएका छन । गत आर्थिक बर्ष २०७७÷७८ मा बर्षभरि ६ सय ९६ जनाले कार्यालयबाट पुनः श्रम स्विकृति लिएको श्रम तथा रोजगार कार्यालय धनगढी कैलालीका प्रमुख जनक सिह ओखेडाले बताउनुभयो । अहिले अनलाइनबाटै पनि पुनः श्रम स्वीकृति लिने ब्यवस्था सुरु भएको छ । स्वदेश फर्किएका मध्ये अधिकांशले अहिले अनलाइन बाटै पुनः श्रम स्विकृती लिने गरेकोले कार्यालयमा थोरै मानिसहरुको तथ्यांक देखिएको श्रम तथा रोजगार कार्यालय धनगढी कैलालीका प्रमुख जनक सिह ओखेडाले बताउनुभयो । विगत लामो समय देखि मानिसहरुले काठमाडौंबाट मात्रै पुुनः श्रम स्विकृति लिने गर्दथे । विसं २०७५ सालदेखि सुदुरपश्चिमका लागि धनगढीबाट पनि यो सेवा सुरु गरिएको थियो । अहिले सरकारले अनलाइन प्रणाली मार्फत पनि पुनः श्रम स्वीकृती लिन सक्ने व्यवस्था गरेपछि थोरैले मात्र कार्यालय पुगेर स्वीकृती लिने गरेको श्रम तथा रोजगार कार्यालय कैलालीले जनाएको छ । यसले सेवाग्राहीलाई निकै सहजता थपेको छ ।
Comments are closed.