कञ्चनपुरको पुर्नवास नगरपालिकामा १ दिने अस्थायी परिवार नियोजन शिविर शुक्रवार सम्पन्न

कञ्चनपुरको पुर्नवास नगरपालिकामा १ दिने अस्थायी परिवार नियोजन शिविर शुक्रवार सम्पन्न भएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका शहरी स्वास्थ्य केन्द्र मोतिबस्तीमा १ दिने अस्थायी परिवार नियोजन शिविर आज शुक्रवार सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका कञ्चनपुरको पुर्नवास नगरपालिकाका नगर उपप्रमुख शारदा शर्मा बिष्टले २ वर्ष सम्म बच्चालाई आमाको दूध खुवाउनै पर्ने र कुपोषण हुन नदिन पोषिलो खाना खुवाउने सल्लाहा दिदै बच्चा हुर्काउन सहयोग पुगोस् भन्ने उद्येश्यले अस्थायी परिवार नियोजनका साधनहरु प्रयोग गर्नुपर्नेमा जोड दिनु भयो । जन्मान्तर गर्न गर्न चाहाने महिलाहरुका लागि १ दिने अस्थायी परिवार नियोजन शिबिर सम्पन्न गरिएको कञ्चनपुरको पुर्नवास नगरपालिका शहरी स्वास्थ्य केन्द्रले जनाएको छ । सो शिविरमा कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्वर २ का २१ जना महिलाहरुले इम्पलान्ट सेवा लिएको बताइएको छ । उक्त १ दिने अस्थायी परिवार नियोजन शिबिरलाई सफल पार्न कञ्चनपुरको पुर्नवास नगरपालिका वडा नम्वर २ का महिला स्वास्थ्य स्वयम्सेविकाहरुले सहयोग गरेका जनाइएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.