कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर २ मा रहेको सरस्वती माध्यमिक विद्यालय उल्टाखाममा साईकल वितरण र २ कोठे भवनको शिलान्यास

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर २ मा रहेको सरस्वती माध्यमिक विद्यालय उल्टाखाममा साईकल वितरण कार्यक्रम र २ कोठे भवनको शुक्रवार शिलान्यास गरिएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्वर २ वडा कार्यालयको आयोजनामा सरस्वती माध्यमिक विद्यालय उल्टाखाममा साईकल वितरण तथा २ कोठे भवन शुक्रवार शिलान्यास गरिएको हो । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्वर २ सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत १६ जना गरिब विपन्न जेहनदार छात्राहरुलाई साईकल वितरण गरिएको कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्वर २ का वडा सदस्य प्रेगराज चौधरीले जानकारी दिनु भयो । ५ वर्षमा गरिएको विकास निर्माणमा एक करोड भन्दा बढी बजेट कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्वर २ सरस्वती माध्यमिक विद्यालयको भौतिक संरचना निर्माणका लागी लगानी गरिएको भन्दै हाल निर्माणाधिन रहेको ४ कोठे भवनलाइ पूर्ण रुपमा निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्ने साईकल वितरण तथा २ कोठे भवन शिलान्यास कार्यक्रमका प्रमुख अतिथि तथा कञ्चनपुरको भिमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले प्रतिबद्धता जनाउनु भएको कार्यक्रमका सन्चालक कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्वर २ सरस्वती माध्यमिक विद्यालयका प्रधान अध्यापक जगन्नाथ पाण्डेयले बताउनु भयो । सुदुरपश्चिम प्रदेशमा स्थानिय सरकारबाट पहिलो पटक छात्राहरुलाई साईकल वितरण गरिएको बताउदै भिमदत्त नगरपालिका वडा नम्वर २ का वडाअध्यक्ष एवम् कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्वर २ सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर सिंह कार्कीले शैक्षिक सुधारका लागी निरन्तर रुपमा अगाडि बढ्ने बताउनु भयो । अध्ययनका लागी विद्यालयसम्म पैदल आउने गरेका १६ जना गरिव विपन्न जेहनदार छात्राहरु नया साइकल पाउदा कम समयमा विद्यालय पुगिने भएको हुदा खुशी भएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.