कञ्चनपुरमा महिला जनप्रतिनिधीहरुलाई व्यवसाय सम्वन्धी पुनर्ताजगी अभिमुखीकरण तालिम दिइयो

व्यवसाय गरिरहेका महिला जनप्रतिनिधिहरुलाई व्यवसाय सम्वन्धी पुनर्ताजगी अभिमुखीकरण तालिम आईतबार महेन्द्रनगरमा सम्पन्न भएको छ । मानव अधिकारको लागि महिला एकल महिला समुह (डब्लूएचआर) कञ्चनपुरद्धारा ७ महिना पहिले प्रदान गरिएको उद्यमशिलता तालिममा सहभागि भई ब्यावसायिक योजना बनाई संस्थाद्धारा सञ्चालित नेपालमा सिमान्तकृत महिलाको आवाज र सहभागिता परियोजनाको आर्थिक सहयोगमा ब्यवसाय गरीरहेका शुक्लाफाँटा नगर पालिका र बेलडाँडी गाउँपालिकाका ब्यावसाय गरिरहेका महिला जनप्रतिनिधिहरुलाई व्यवसाय सम्वन्धी एक दिने पुनर्ताजगी अभिमुखिकरण तालिम प्रदान गरिएको हो । अभिमुखिकरण तालिम कार्यक्रममा व्यवसायको वर्तमान अवस्था, ब्यवसाय प्रवद्र्धनकालागि स्थानीय स्रोतको पहिचान र प्रयोग, बजारीकरणको अवस्था, उत्पादित बष्तु र सेवाको मूल्य निर्धारण र व्यवसाय दिगो बनाउन अवलम्वन गर्नु पर्ने चरणहरु, जनप्रतिनिधि महिलाले ब्यवसाय गर्दाका आईरहेका चुनौति तथा समाधानका सम्भावित उपायहरुको बारेमा अभिमुखिककरण गरिएको परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपालीले बताउनु भयो । अभिमुखिकरण तालिम कार्यक्रममा बाख्रा पालन, बंगुर पालन, सिलाई कटाई पसल, आरन ब्यवसाय, किराना पसल व्यवसाय, पोल्ट्री फार्म, बोईलर कुखुरा पालन, लोकल कुखुरा पालन मासु कटिंगं तथा खाजा नास्ता पसल सञ्चालन गरिरहेका शुक्लाफाँटा नगरपालिका र बेल्डाँडी गाउँपालिकाका १९ जना महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पाल्ट्री फार्म सञ्चालन गरिरहेका बेलडाँडी गाउँपालिका उपाध्यक्ष कमला कार्की, तरकारी खेती गरी रहेका कार्यपालिका सदस्य लक्ष्मी भट्ट, सिलाई कटाई ब्यवसाय गरीरहेका गुड्डी नेपाली, शुक्लाँफाँटा नगरपालिका महिला जनप्रतिनिधि राजमति सुनार, माया ओड, बिन्दु साउँद, सिता डंगौंरा र फुलमति दमाई लगायतका महिला जनप्रतिनिधिहरुले आफ्नो ब्यवसायिक अनुभव तथा व्यवसायमा भएको उपलब्धीहरु सुनाउनु भएको थियो । अभिमुखिकरण कार्यक्रममा सहजकर्ता नारायणी गाहा र कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक बिर बहादुर नेपालीले गर्नु भएको थियो । कार्यक्रममा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र बेलडाँडी गाउँपालिकाका १९ जना महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मानव अधिकारको लागि महिला एकल महिला समुह कञ्चनपुरका अध्यक्ष जानकी जोशी, उपाध्यक्ष जयन्ती पन्त, सचिव रमा पन्त, कोषाध्यक्ष लक्ष्मी चन्द, सदस्य चन्द्रा खडायत लगायत परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.