कञ्चनपुरको बेलौरी नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा कञ्चनपुरको बेलौरी नगरपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको हो । कञ्चनपुरको बेलौरी नगरपालिका चालु आर्थिक वर्ष २०७८÷७९ मा झण्डै १ सय जनालाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १ सय दिनको रोजगारी दिइने छ । अहिले कञ्चनपुरको बेलौरी नगरपालिकाको वडा नम्बर ९ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सडक निर्माणको कार्य भइ रहेको बताउदै कञ्चनपुरको बेलौरी नगरपालिकाका रोजगार संयोजक नरेन प्रसाद भट्टले सडक निर्माण लगायतका क्षेत्रमा सुचीकृत व्यक्तिहरुलाई रोजगारी दिईने बताउनु भयो । प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचीकृत हुनका लागि चालु आर्थिक वर्षका लागि भन्दै गत आर्थिक वर्ष २०७७÷७८ मा नै सुचीकृत गरिएकोमा त्यसबाट २ सय १६ जना सुचीकृत भएका थिए त्यसमध्येबाट पनि करीब १ सय जनालाई १ सय दिनको रोजगारी दिइने छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत १ सय दिनको रोजगारी पाउने बेरोजगारहरुले एक दिनको ५ सय ७७ रुपैयाका दरले रकम पाउनेछन् । विभिन्न वडाहरुले छनोट गरेका योजना अनुसार रोजगार कार्यक्रम सञ्चालन गरीने र एक वडाबाट सुचीकृत भएका युवाहरु अन्य वडामा समेत गएर कार्य गर्न सक्ने कञ्चनपुरको बेलौरी नगरपालिकाका रोजगार संयोजक नरेन प्रसाद भट्टले शुक्लाफाँटा एफ्.एमलाई जानकारी दिनु भयो । कतिपयले बेरोजगारहरुका लागि १ सय दिनकै भएपनि रोजगारी दिईनु सकारात्मक कार्य भएको बताएका छन् भने कतिपयले भने १ सय दिनको रोजगारी दिएर बेरोजगारी समस्याको स्थायी समाधान नहुने भएकाले त्यस कार्यक्रममा लाग्ने बजेटलाई युवाहरुलाई सीप सिकाउने कार्यमा खर्च गर्नु बुद्धिमता हुने बताएका छन् ।
Comments are closed.