किसानहरुको समस्या समाधानका लागि पहल गर्छु : काग्रेस केन्द्रिय सदस्य साउद

 नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले किसानहरुको समस्या समाधानका लागि आफुले पहल गर्ने बताउनु भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजी, पुतलीबजारमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयमा आयोजित छलफल कार्यक्रममा बोल्दै उहाले सो कुरा बताउनु भएको हो ।

 उक्त छलफल कार्यक्रममा बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका सदस्यहरुले राखेका मलखादको समस्याका बारेमा जानकारी लिइसकेपछि नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले सहकारीका माध्यमबाट कृषि क्षेत्रको विकासका लागि महिलाहरुले गरी रहेको कार्य उल्लेखनीय रहेको बताउदै मलखादको समस्या समाधानका लागि आफुले पहल गर्ने बताउनु भयो । साथै उहाले समयमा मलखाद किसानसम्म पुग्नुपर्छ भनेर सरकारले प्राथमिकतामा राखेको बताउदै समयमा नै बीउ बिजन र मलखाद पु¥याउन आफुले पनि पहल गर्ने बताउनु भयो । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजी, पुतलीबजारमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तुलसी जोशीको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका सदस्यहरुले बीउ बिजन पाइएको भएपनि मलखाद भने नपाएकाले मलखादको व्यवस्था गरिदिनका लागि पहल गरीदिन नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदलाई आग्रह गरेका थिए ।

 साथै उक्त सहकारी संस्थाका सदस्यहरुले महिलाहरुले मिलेर गठन गरिएको सहकारीको विकासका लागि सरकार र सम्वद्ध सरोकारवालाहरुले पहल गरीदिनु पर्ने र प्राथमिकतामा राखिदिनु पर्ने माग गरेका थिए । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजी, पुतलीबजारमा रहेको बैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तुलसी जोशीले सहकारीले गरी रहेका कार्य र भोगि रहेका समस्याका विषयमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।

यसैविच नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले नेपाली काग्रेसको कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयको उद्धघाटन गर्नु भएको छ । सोमवार एक कार्यक्रमका बीच नेपाली काग्रेसका केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री एनपी साउदले नेपाली काग्रेसको वेदकोट नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयको उद्धघाटन गर्नु भएको हो । उक्त कार्यक्रममा बोल्दै उहाले आफुले विगतमा गरी रहेका केही कार्यहरु अधुरा रहेकाले ती कार्यहरु सम्पन्न गर्नका लागि समेत पहल भइ रहेको बताउनु भयो । साथै उहाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल भएको र संसदीय प्रक्रियाबाट नै त्यसको टुगो लाग्ने भएकाले त्यसको सडकमा विरोध गर्नु उपयुक्त नहुने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.