कञ्चनपुरमा मंगलवार थप २५ जना कोरोनाको संक्रमण मुक्त अर्थात निको भएका छन् । मंगलवार थप २५ जना कोरोनाको संक्रमण अर्थात निको भएसंगै कञ्चनपुरमा कोरोनाको संक्रमण मुक्त हुनेको संख्या १० हजार ८ सय २७ जना पुगेको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । यस्तै कञ्चनपुरमा मंगलवार थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलवार कोरोना भाइरसको संक्रमण पुष्टि हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका १ जना, कृष्णपुर नगरपालिकाका १ जना, पुर्नवास नगरपालिकाका १ जना रहेका छन् । यसैगरी कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा गरिएको परिक्षणमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलवार थप १२ जना कोरोना संक्रमित थपिएसंगै कञ्चनपुरमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको कुल संख्या ११ हजार १ सय ६५ जना पुगेको छ । कञ्चनपुरमा हालसम्म २ सय ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गई सकेको छ ।