कञ्चनपुरमा आयोजना हुने छैठौ राष्ट्रिय थारु साहित्य सम्मेलन २०७८ को तयारी पुरा भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ६ सिंहपुर गाउँमा हुन गइ रहेको छैठौ राष्ट्रिय थारु साहित्य सम्मेलन २०७८ को तयारी पुरा भएको हो । थारू भाषा, साहित्य, कला, संस्कृति प्रवद्र्धन गर्ने उद्देश्य सहित राष्ट्रियस्तरको साहित्यक सम्मेलन फागुन १२, १३ १४ गते तीन दिनसम्म हुने थारु राष्ट्रिय साहित्य सम्मेलनको मूल आयोजक समितिले जनाएको छ । थारू लेखक संघ नेपाल थारु कल्याणकारिणी सभा कंचनपुरको सहकार्यमा हुन गइ रहेको सम्मेलनमा थारु भाषा तथा साहित्य उत्थान मन्च कंचनपुर (गोचाली परिवार २०२८) लगायतको सहयोग रहने जनाइएको छ । सम्मेलनमा समकालीन साहित्य, कला तथा संस्कृतिबारे बहस, लेखक तथा स्रष्टाहरू र सरोकारवालाबीच बृहत अन्तरक्रिया तथा छलफल गरिने थारु राष्ट्रिय साहित्य सम्मेलनको मूल आयोजक समितिका संयोजक एवं थारु लेखक संघका केन्द्रीय संयोजक डा. कृष्णराज सर्वहारीले बताउनु भयो । सम्मेलनमा लोकसाहित्यमा थारु सौन्दर्यशास्त्रको खोजी, सुदूरपश्चिममा थारु राजनीतिक अवस्था, थारु साहित्यिक गतिविधी, थारु साहित्यामा लेखनका डग्गर, सुदूरपश्चिममा थारु पत्रकारिता, सुदूरपश्चिममा थारु गीत संगीतको अवस्था, साहित्यमा महिला आवाज, जुझारु थारु अगुवाहरुको खोजी गर्ने, सामाजिक संजालमा थारु साहित्य लगायत विषयमा सम्मेलनमा छलफल हुने जनाइएको छ । यसैगरी थारु पहिचानको सवाल, थारु भाषाको कविता गजल मुक्तक वाचन, लोक साहित्यको अवसर सम्भावना लगायत विषयमा बृहत छलफल गरिने छ । सो कार्यक्रममा स्थानीय लठहुवा नाच, झुम्रा, सखिया लगायत थारु सांस्कृतिक नाचगानको नृत्य हुने छैठौ राष्ट्रिय थारु साहित्य सम्मेलनका संयोजक विर बहादुर राजवंशीले जानकारी दिनु भयो ।
Comments are closed.