अखिल नेपाल महिला संघ कञ्चनपुरको जिल्ला भेला मंगलवार सम्पन्न भएको छ । कञ्चनपुर अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य नेकपा एकीकृत समाजवादीका कञ्चनपुर जिल्ला उपाध्यक्ष एवम् महिला विभाग प्रमुख पुर्णा कुमारी गुरुङको अध्यक्षतामा भेला सम्पन्न भएको हो । सो भेलामा अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेश कमिटी अध्यक्ष माया पन्त प्रमुख अतिथि रहनु भएको थियो । अखिल नेपाल महिला संघ कञ्चनपुर जिल्ला भेलाले अध्यक्षमा विष्ना पन्त(भट्ट) लाई चयन गरेको छ । उपाध्यक्षमा सिता डगौरा, लक्ष्मी खड्का, सचिवमा निर्मला धामी, कोषाध्यक्षमा सुमित्रा राना सहित ४१ सदस्य भएका छन । भेलामा महिलाका राजनीतिक हक अधिकारका क्षेत्रमा समेत छलफल गरिएको जनाइएको छ ।