कञ्चनपुरमा समाजमा विद्यमान हानिकारक अभ्यासहरु (बाल बिबाह, बहुबिबाह, दाइजो प्रथा, बोक्सीको आरोप आदि) विरुद्ध केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न

कञ्चनपुरमा समाजमा विद्यमान हानिकारक अभ्यासहरु (बाल बिबाह, बहुबिबाह, दाइजो प्रथा, बोक्सीको आरोप आदि) विरुद्ध केन्द्रित अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न भएको छ । राष्ट्रिय महिला आयोगको आयोजनामा समाजमा विद्यमान हानिकारक अभ्यास हरु (बाल बिबाह, बहुबिबाह,दाइजो प्रथा,बोक्सीको आरोप आदि)विरुद्ध केन्द्रित अन्तरक्रिया कार्यक्रम बुधवार जिल्ला समन्वय समिति कञ्चनपुरको हलमा सम्पन्न भएको हो । राष्ट्रिय महिला आयोगका सदस्य जया घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक फैरु तामा प्रमुख अतिथि रहनु भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय महिला आयोगका उपसचिव चर्मिला भट्टराईले गर्नु भयो । उक्त अन्र्तक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, कञ्चनपुरका विभिन्न पालिकाका उपप्रमुख÷उपाध्यक्ष, नेपाल पत्रकार महासंघका प्रतिनिधी, पत्रकार, महिला अधिकारका क्षेत्रमा वकालत गर्ने अधिकारकर्मी लगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए । साथै समाजमा विद्यमान हानिकारक अभ्यासको अन्त्य गर्न मदिरा नियन्त्रण, दुव्र्यसनीहरुलाई निगरानी गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सुदूरपश्चिम प्रदेश केन्द्रीत अन्तरक्रिया कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे, कञ्चनपुरका विभिन्न पालिकाका उपप्रमुख÷उपाध्यक्ष, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, महिला अधिकारका क्षेत्रमा काम गर्ने अगुवा महिलाहरुले समाजमा विद्यामान हानिकरक अभ्यासको अन्त्य गर्नुपर्ने हस्ताक्षर सहित प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले सुदूरपश्चिम प्रदेशमा रहेका हानिकारक अभ्यासहरु र यसको न्युनिकरणका लागी घरबाटै लाग्नु पर्ने बताउदै आफन छोराछोरीहरुको ख्याल गर्नु पर्ने वताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.