अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा कञ्चनपुरमा विरोध प्रदर्शन

अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा कञ्चनपुरमा विरोध प्रदर्शन गरिएको छ । कञ्चनपुरका विभिन्न ६ राजनीतिक दल सहित २ दलिय मोर्चाले एमसीसी राष्ट्रघाती भन्दै विरोध गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ समेत गरेका छन । बिहीबार नेकपा विप्लव, बैद्य, जनमोर्चा सहितका दल र तिनका मोर्चाले एमसीसी राष्ट्रघाती भन्दै प्रशासन घेराउ गरेका हुन । नेकपा विप्लव कञ्चनपुरका युवा नेता दिपेन्द्र सिह ऐरीले राष्ट्रघाती एमसीसी खारेजीको माग अघि सारेर महेन्द्रनगर बजारमा बिरोध प्रर्दशनका साथै प्रशासन घेराउ गरिएको बताउनु भयो । नेकपा विप्लव कञ्चनपुरका युवा नेता ऐरीका अनुसार राष्ट्रघाती एमसीसी पास गराउनका लागि सत्ताधारी काँग्रेस, प्रमुख प्रतिपक्षीय दल एमाले सहित मरिहत्ते गरिरहेको भन्दै त्यस बिरुद्धमा विप्लव सहितका दल राष्ट्रवादी मोर्चाले कञ्चनपुर सहित देशभरी विरोध प्रर्दशनका साथै प्रशासन घेराउ गरेको बताउनु भयो । नेता ऐरीले एमसीसी राष्ट्रघाती भएकाले त्यस बिरुद्धमा दिनप्रतिदिन जनसागर उत्रिर्दै आएको बताउदै राष्ट्रघाती सम्झौतामा विपक्षी दल एमाले सहितको मौन सर्मथनले थप आशंका उत्पन्न गरेको बताउनु भयो । कोण सभामा नेकपा विप्लव कञ्चनपुरका सचिव जिपन, जनमोर्चा अध्यक्ष राम कार्की, माओवादी क्रान्तिकारीका सचिव कैलास, ग्रेटर नेपाल दलका उपाध्यक्ष गजेन्द्र पाण्डेले सम्बोधन गर्दै राष्ट्रिय स्वाधिनताका विषयमा आफुहरु चुप लागेर नबस्ने जनाउँदै राष्ट्रियताका लागि एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
यसैगरी एमसीसीविरुद्ध कैलालीको धनगढीमा पनि प्रदर्शन गरिएको छ । नेकपा माओवादी केन्द्रका सम्पूर्ण जनवर्गीय संगठनको आयोजनामा अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा कैलालीको धनगढीमा पनि प्रदर्शन भएको हो । धनगढीको मुख्य सडकमा एमसीसी लागू गर्न नहुने भन्दै विभिन्न नारासहित प्रदर्शन गरिएकोमा जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरिएको छ । कोणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रमेश धामीले एमसीसी राष्ट्रघाती परियोजना भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास नहुने दाबी गर्नु भयो । कोणसभालाई सम्बोधन गर्दै विभिन्न जनवर्गीय संगठनका प्रतिनिधिले पनि एमसीसी देशको हितमा नभएकाले फिर्ता पठाइनुपर्ने बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.