नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी परियोजनालाई नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर मात्र अगाडि बढाउनुपर्ने बताए
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी परियोजनालाई नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखेर मात्र अगाडि बढाउनुपर्ने बताउनु भएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाले अहिले एमसिसीको सन्दर्भमा उठिरहेको विषय परियोजनाको जग्गाको स्वामित्व र यसमा नेपालीको रोजगारीको कुरा सुनिश्चित हुनुपर्ने रहेको उल्लेख गर्नु भयो । यसबाट प्राप्त हुने मौद्रिक सम्पत्ति र सम्पदामा नेपालको हक सुरक्षित हुनुपर्ने बताउदै उहाले एमसीसी परियोजना विशुद्ध आर्थिक सहयोगको परियोजना हुनुपर्ने बताउनु भयो । परियोजना भनेको खासगरी अनुदानसँग जोडिएको छ भने त्यो अनुदान हुनुपर्नेमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोड दिनु भयो । अध्यक्ष नेपालले आफ्नो पार्टीले यथास्थितिमा नै एमसिसी सम्झौतालाई अनुमोदन गर्न नसक्ने स्पष्ट पार्नु भयो ।
Comments are closed.