प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेश लोकसेवा आयोग गठन भएको एक वर्षपछि वार्षिक कार्यतालिका बनाएर सार्वजनिक गरिएको हो । प्रदेश लोक सेवा आयोग सुदुरपश्चिम प्रदेशका सचिव दुर्गादत्त बिष्टका अनुसार चैत दोस्रो सातामा पहिलो विज्ञापन खोल्ने गरी कार्यतालिका तयार पारिएको हो । वन सेवा, जनरल फरेष्टी, वन रक्षक र तह विहीन समूहतर्फ फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, फागुनमै प्रतिशत निर्धारण गर्ने र चैतको दोस्रो बुधबार विज्ञापन खोल्ने तालिका तयार भएको उहाले बताउनु भयो । यस्तै विभिन्न सेवाका सहायकस्तर पाँचौ तहका प्राविधिक पदहरुका लागि फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, चैतमै प्रतिशत निर्धारण गर्ने र बैशाख दोस्रो बुधबार विज्ञापन खोल्ने सार्वजनिक कार्यतालिकामा उल्लेख छ ।